एसियाली विकास बैंक (एडीबी) ले कोरोना भाइरस बिरूद्ध लडिरहेको सदस्य राष्ट्रहरूका लागि वित्तीय प्याकेज तीन गुणा बढाएर २० अर्ब डलरमा पुर्याएको बताएको छ । एडीबीले सहायताको छिटो र उत्तम वितरणको सम्बन्धमा यसको कार्य सम्पादन सुधार गर्ने उपायहरुलाई अनुमोदन समेत गरीसकेको छ ।
एजेन्सीका अनुसार यस अघि मार्च १८ मा एडीबीले ६ं.५ अर्ब डलरको प्रारम्भिक प्याकेजको घोषणा गरेको थियो । पछि फेरी कोरोना भाइरस महामारीको कारणले विकासशील सदस्य देशहरूको स्वास्थ्य र समष्टि आर्थिक असरहरूको सामना गर्न सहयोग र्पुयाउनका लागि सहयोग गर्न थप १३.५ अर्ब डलरको घोषणा गरेको छ । यसमा २० अर्ब डलरको प्याकेजमा करिब २.५ अर्ब डलरको छुट तथा अनुदान पनि सामेल छ ।
एडीबीका अध्यक्ष मसात्सगु असकावाले विगतका वर्षहरुमा एशिया र प्रशान्त क्षेत्रमा भएको आर्थिक र सामाजिक विकासलाई महामारीले जोखिममा राखेको बताएका छन् । उनका अनुसार यसले गरिबी निवारणको प्रगतिलाई उल्ट्याएको छ र अर्थव्यवस्थालाई मन्दीको दिशामा धकेलेको छ । उनले यस प्याकेजले विकासोन्मुख सदस्य देशहरुलाई महामारीको कारणले भएको चुनौती र आर्थिक क्षतीको सामना गर्न सहयोग पुर्याउँने अपेक्षा गरेका छन् ।
