Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कोरोना अपडेट : कहाँ कति संक्रमित ? कतिको मृत्यु ?

२०७६ चैत्र ३० गते

बैंकिङ खबर । विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १७ लाख ८० हजार ३ सय १४ पुगेको छ, भने १ लाख ८ हजार ८ सय २७ जनाको मृत्यु भइसकेको छ। जसमा ४ लाख ४ हजार ३१ जना उपचारपछि घर फर्केका छन् ।
पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ५ लाख ३२ हजार ८ सय ७९ पुगेको छ, जसमध्ये २० हजार ५ सय ७७ जनाको मृत्यु भएको छ। यस्तै, स्पेनमा १ लाख ६३ हजार २७ जना कोरोना संक्रमीत छन्। यहाँ हालसम्म १६ हजार ६ सय ६ जनाको मृत्यु भएको छ। यता, इटालीमा १ लाख ५२ हजार २ सय ७१ जना कोरोनाका संक्रमित छन् यहाँ १९ हजार ४ सय ६८ जनाको ज्यान गएको छ। कोरोनाबाट बढी प्रभावित हुने देशहरुमा अमेरिका, स्पेन, इटाली, जर्मनी, फ्रान्स, चीन जस्ता देशहरु रहेका छन् ।

Ad