Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कोरोना अपडेट : विश्वभर संक्रमित हुनेको संख्या १७ लाख नजिक, १ लाख भन्दा बढीको मृत्यु

२०७६ चैत्र २९ गते

बैंकिङ खबर । विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६ लाख ९९ हजार ६ सय ३० पुगेको छ । भने १ लाख २ हजार ७ सय ३४ जनाको मृत्यु भइसकेको छ। यस्तै, ३ लाख ७६ हजार ३ सय २५ जना उपचार पछि फर्किएका छन् ।


पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ५ लाख २ हजार ८ सय ७६ पुगेको छ, जसमध्ये १८ हजार ७ सय ४७ जनाको मृत्यु भएको छ। यस्तै, स्पेनमा १ लाख ५८ हजार २ सय ७३ जना कोरोना संक्रमीत छन्। यीमध्ये १६ हजार ८१ जनाको मृत्यु भएको छ। यता, इटालीमा १ लाख ४७ हजार ५ सय ७७ जना कोरोनाका संक्रमितमध्ये १८ हजार ८ सय ४९ जनाको ज्यान गएको छ। कोरोनाबाट बढी प्रभावित हुने देशहरुमा अमेरिका, स्पेन, इटाली, जर्मनी, फ्रान्स, चीन जस्ता देशहरु रहेका छन् ।

 

Ad