बैंकिङ खबर । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ बाट विश्वभर १६ लाख ३ हजार ७ सय ५१ जना संक्रमित भएका छन् । हालसम्म यसबाट मृत्यु हुनेको संख्या भने ९५ हजार ७ सय ३१ पुगेको छ भने ३ लाख ५६ हजार ६ सय ५६ जना निको भएर घर फर्केका छन् ।
पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ४ लाख ६८ हजार ५ सय ६६ पुगेको छ, जसमध्ये १४ हजार ८ सय ६५ जनाको मृत्यु भएको छ। यस्तै, स्पेनमा १ लाख ५३ हजार २ सय २२ जना कोरोना संक्रमीत छन्। यीमध्ये १५ हजार ४ सय ४७ जनाको मृत्यु भएको छ। यता, इटालीमा १ लाख ४३ हजार ६ सय २६ जना कोरोनाका संक्रमितमध्ये १८ हजार २ सय ७९ जनाको ज्यान गएको छ।
भारतमा ६ हजार ७ सय २५ संक्रमित छन् भने २ सय २७ जनाको मृत्यु भएको छ ।