Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कोरोना अपडेट : कहाँ कति संक्रमित ? कतिको मृत्यु ?

२०७६ चैत्र २७ गते

बैंकिङ खबर । विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १५ लाख ३८ हजार ४ सय ८६ पुगेको छ, भने ८९ हजार ९ सय ७५ जनाको मृत्यु भइसकेको छ। जसमा ३ लाख ४० हजार ५ सय २१ जना उपचारपछि घर फर्केका छन् ।
पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ४ लाख ३५ हजार ९ सय ४१ पुगेको छ, जसमध्ये १४ हजार ८ सय ६५ जनाको मृत्यु भएको छ। यस्तै, स्पेनमा १ लाख ५२ हजार ४ सय ४६ जना कोरोना संक्रमीत छन्। यीमध्ये १५ हजार २ सय ३८ जनाको मृत्यु भएको छ। यता, इटालीमा १ लाख ३९ हजार ४ सय २२ जना कोरोनाका संक्रमितमध्ये १७ हजर ६ सय ६९ जनाको ज्यान गएको छ। कोरोनाबाट बढी प्रभावित हुने देशहरुमा अमेरिका, स्पेन, इटाली, जर्मनी, फ्रान्स, चीन जस्ता देशहरु रहेका छन् ।

Ad