Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

शक्तिशाली देश अमेरिका आर्थिक मन्दीको सामना गर्दै : अर्थशास्त्री

२०७६ चैत्र २७ गते

जेपी मोर्गन चेजका सीईओ जेमी मर्कलले शेयरहोल्डरहरूलाई दिएको एक वार्षिक पत्रमा अमेरिकी अर्थव्यवस्था मन्दीमा पर्न लागेको अनुमान गरीएको छ र २००८ को वित्तीय संकटको दबाबको सामना गर्नुपर्नेछ । सीएनबीसीको रिपोर्ट अनुसार अमेरिकी फेडरल रिजर्भका पूर्व अध्यक्ष जेनेट एल येलेनको विश्वास छ कि यस वर्षको दोस्रो त्रैमासिकमा पनि अमेरिकी जीडीपीमा कम्तिमा ३० प्रतिशतले कटौती हुनेछ ।

यस अघि अमेरिकी श्रम मन्त्रालयका तथ्यांकमा मार्चमा अमेरिकामा बेरोजगारी दर ४।४ प्रतिशत रहेको थियो, तर येलेनको अनुसार यसबाट अवस्था झनै नराम्रो हुँदै गएको छ । बेरोजगारी दर १२–१३ प्रतिशतमा बढेको छ र यो दर अझै बढ्ने छ ।
अर्कोतर्फ, जर्मन कुलपति मर्केलले महामारीको स्कट युरोपियन युनियन स्थापना पछि सबैभन्दा ठूलो परीक्षण भएको बताएका छन् । यसमा बिभिन्न पार्टीहरूले हात मिलाएर समस्या समाधान गर्नुपर्ने उनको भनाई थियो । कोभिड १९ को महामारीले अर्थव्यवस्थामा भएको क्षति कम गर्न जर्मनी युरोपेली आयोगद्धारा सदस्य देशहरूलाई कर्जा दिने कुरालाई स्वागत गरीएको छ । जसले गर्दा अर्थतन्त्रमा भएको नोक्सानलाई कम गर्न सकिन्छ । साथै मर्केलले जर्मनीको यस परियोजनाको लागि ७ अरब युरोको ग्यारेन्टी गर्न तयार भएको बताए ।
यता इटालीका प्रधानमन्त्री ग्युसेप कोन्टेले मन्त्रिपरिषद्को बैठक पछि इटालीले अर्थतन्त्रको उत्थानका लागि विभिन्न चरणहरू लिने बताएका छन्, र कुल ७.५ खरब यूरो बजारमा राख्ने बताएका छन् । यो इटालीको इतिहासमा सबैभन्दा ठूलो आर्थिक हस्तक्षेप कदम हुनेछ ।

Ad