बैंकिङ खबर । साउदीका विज्ञ र अन्तर्रा्ष्ट्रिय विज्ञहरूले गरेको अध्ययनले कोविड १९ को संक्रमण साउदी अरेबियामा वृद्धि हुने भविष्यवाणी गरेको छ । साउदी प्रेस एजेन्सीको रिपोर्टले यो खुलासा गरेको हो । साउदीका स्वास्थ्य मन्त्री तौफिक अल रबियाले एक अध्ययनले पत्ता लगाएको विज्ञप्ति उल्लेख गर्दै राज्यमा कोविड १९ संक्रमणको संख्या आगामी केही हप्तामा १०,००० देखि २००,००० सम्म पुग्ने बताएका छन् ।
तर मन्त्रीले भाइरसको फैलावट रोक्नको लागि निर्देशनहरू र उपायहरूप्रति कडा र पूर्ण प्रतिबद्धताले संक्रमणहरूको संख्या घटाउने बताएका छन् । साउदी सरकारले यस भाइरसबाट राहत पाउनको लागि वित्तीय सहायता स्वरुप १५ अरब साउदी रियाल (करिव ३.९९ अरब डलर) दिएको छ । यो पैसा औषधि सुरक्षित गर्न, चिकित्सा, उपकरण र स्वास्थ्य आपूर्तिमा प्रयोग गर्न सकिन्छ । साथै आवश्यक मेडिकल डाक्टर र टेक्निकल स्टाफको लागि पनि प्रयोग हुनेछ ।



