Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कोरोनाबाट त्रसित डोनाल्ड ट्रम्पले डब्ल्यूएचओलाई कोष रोक्ने धम्की दिए

२०७६ चैत्र २६ गते

बैंकिङ खबर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनले अमेरिकाबाट ठूलो रकम प्राप्त गर्ने, तर यस्तो उसको ध्यान चीनमा बढी रहेको जनाएका छन् ।


उनले भने, विश्व स्वास्थ्य संगठनले अमेरिकाबाट ठूलो रकम प्राप्त गर्छ, तसर्थ यो निर्णय गरिएको छ कि हामी डब्ल्यूएचओ मा खर्च रोक्न जाँदैछौं।

अर्कोतर्फ, अमेरिकाका लागि चिनियाँ राजदूत त्सवे थाइन काईले चीन र अमेरिकाले एकता र सहकार्यबाट काम गर्नै पर्ने बताएका छन् । त्सवे थाईन काईले न्यु योर्क टाइम्समा आफ्नो लेखमा न्यूयोर्क आफुलाई मनपर्ने शहर भएको तर अब महामारीको कारणले अत्यन्त दुःखी बनाएको बताएका छन् । हाल महामारी संसार भर फैलिएको उनको भनाई छ । चीन महामारीको शिकार भएको बखत सारा संसारले चीनलाई सहयोग गरेको स्मरण गर्दै अब चीनले पनि सहयोग गर्नुपर्ने बताएका छन् ।
यस्तै, काईले चीन र अमेरिकाले एक अर्कालाई सहयोग गर्नुपर्ने उल्लेख गरेका छन् ।

Ad