बैंकिङ खबर । विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १४ लाख ३१ हजार ६ सय ९१ पुगेको छ । भने ८२ हजार ७८ जनाको मृत्यु भइसकेको छ।
पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ४ सय १२ पुगेको छ, जसमध्ये १२ हजार ८ सय ५४ जनाको मृत्यु भएको छ। यस्तै, स्पेनमा १ लाख ४१ हजार ९ सय ४२ जना कोरोना संक्रमीत छन्। यीमध्ये १४ हजार४५ जनाको मृत्यु भएको छ। यता, इटालीमा १ लाख ३५ हजार ५ सय ८६ जना कोरोनाका संक्रमितमध्ये १७ हजर १ सय २७ जनाको ज्यान गएको छ। कोरोनाबाट बढी प्रभावित हुने देशहरुमा अमेरिका, स्पेन, इटाली, जर्मनी, फ्रान्स, चीन जस्ता देशहरु रहेका छन् ।
नेपाल राष्ट्र बैंक
कोरोना अपडेट: विश्वभर संक्रमित हुनेको संख्या १४ लाख ३१ हजार भन्दा माथि, ८२ हजारभन्दा बढीको मृत्यु
२०७६ चैत्र २६ गते