बैंकिङ खबर । कोरोना भाइरसले सम्पन्नहरुलाई झनै ठूलो नोक्सान र्पुयाएको छ । यसले भारतका सबैभन्दा धनी मुकेश अंबानीको सम्पत्तिलाई पनि चोट पुर्याएको छ । उनको सम्पत्ति गत दुई महिनामा २८ प्रतिशतले घटेको छ । हुरुन ग्लोबल रिच लिस्टका अनुसार, यी दुई महिनामा अम्बानीको कुल सम्पत्ति प्रति दिन औसत ३० करोड डलर (लगभग २,२८० करोड) ले घटेको छ । उनको सम्पत्तिमा १.४४ लाख करोडको कमी आएको छ । यसै कारण, उनी विश्वको धनीहरुको सूचीबाट आठ स्थान तल झर्दै धनीहरुको सूचीमा १७ औं स्थानमा पुगेका छन् । अम्बानी बाहेक गौतम अदानी, शिव नादर र उदय कोटकको सम्पत्ति पनि उल्लेख्य रुपमा घटेको छ । शेयर बजारमा परेको प्रभावले यीनीहरूलाई पनि विश्वको १०० धनी व्यक्तिको सूचीमा समावेश गरीएको छैन ।
नेपाल राष्ट्र बैंक
कोरोनाले धनाढ्यलाई झन् शास्ती : मुकेश अंबानीको सम्पत्ति दैनिक अरबौं खुम्चिदै
२०७६ चैत्र २५ गते