बैंकिङ खबर । अर्थमन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई करिब एक अर्ब रुपैयाँ रकमान्तर गरेको छ। मन्त्रालयका प्रवक्ता उत्तर खत्रीका अनुसार कोरोना रोकथामका सामाग्री खरिद गर्नका लागि उक्त रकम उपलब्ध गराइएको हो ।
मन्त्रालयले कोरोनाबाट उत्पन्न हुने सम्भावित जोखिमलाई ध्यान दिई १४ शीर्षकमा हुने खर्च कटौती गरिसकेको छ। रकम माग भएमा रकमान्तर गर्न सकिने अर्थ मन्त्रालयले जनाएको छ।