बिशाल प्रशान्त पौडेल । बिश्वभरी महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस नेपालमा पनि देखिइसकेको छ । यस महामारिबाट जोगिन सरकारले देशभर लकडाउन गरी मानिसहरुलाई आवत जावत गर्न, घरबाट बाहिर निस्कन बन्देज लगाएको छ । बिद्यमान अवस्था आक्रान्त बनेकोले लकडाउनको अवधी थप हुँदै गएको छ भने अरु पनि थप हुने अवस्था छ । कोरोना भाईरसको संक्रमणले दिन प्रतिदिन स्थिती गम्भीर बन्दै गएको हुनाले यस अबस्थामा हामी सम्पुर्ण नेपाली जनता सतर्क, संबेदनसिल अनि सुरक्षित हुनुपर्ने देखिन्छ।
संघीय, प्रदेश तथा स्थानिय सरकार, जनप्रतिनिधि, प्रहरी, प्रशासन र विभिन्न व्यक्तिहरुको समेत यस महामारिलाई नियन्त्रण तथा निर्मुल पार्न गरिएको प्रयास निकै नै स्वागतयोग्य र प्रशंनीय छ । यस अवस्थामा स्थानिय सरकारको कार्य एवम दायित्व निकै महत्त्वपूर्ण देखिएको छ।
श्रोत साधनहरुको अभाव, जनमानसमा फैलिएको एक किसिमको डर, त्रास, अनि सुस्त महामारी रोक्ने पुर्वतैयारिले अझै संक्रमितको संख्या बढ्ने आशङ्का गरिएको छ। सरकारद्वारा हर सम्भव प्रयास गरिदा समेत संक्रमण थप फैलीने खतरा अनुमान गरिएको छ । संक्रमित र संकास्पद मानिसको परिक्षण गर्न प्रयोगशालाको अवस्था, प्रणाली, जनशक्ति, श्रोतसाधनहरु नियाल्दा यसलाई थप शशक्त र मजबुत एवं प्रयाप्त बनाउन जररी छ ।
समय सबैभन्दा परिवर्तनशील एवम् बलवान् छ। कुनै समय थियो जब हामी सबै आफुलाई आफ्नो कामबाट केही समयका लागि बिश्राम दिलाउन तत्परता देखाउने गरिन्थ्यो। दिनभरी कामसंग अनि जिम्मेवारी सङगको तनाव अनि लगावले हामीले आफ्ना अभिलासा र चाहना बिर्सन बाध्य भएको अवस्था थियो । अहिले समय परिवर्तन भएको छ । हामीहरु सबैले यो अवस्थामा घरमा समय ब्यतित गरिरहेको अवस्था छ भने केहीले कार्यस्थलमा । एक जिम्मेवार नागरिकको हैसियतले घरमै बसेर कोरोना भाइरस सम्बन्धी जानकारी पनि लिन सकिन्छ भने विभिन्न नयाँ योजनाहरु, नयाँनयाँ अध्ययनहरु गर्न सकिन्छ । । हामी सधै सोच्ने गर्थेंउ यदि समय भैदिएको भए म अनेकन कुराहरु गर्थे भन्दै सोचमा मग्न हुन्थ्यौ। यो समयमा आफूलाई सकारात्मक राख्न प्रयास गर्नुपर्ने हुन्छ। कुनै पनि काम आफैमा ठिक वा ठीक हुँदैन। समय, परिस्थिति, वातावरण अनि दृष्टिकोणले त्यस कामलाई सर्वश्रेष्ठ बनाईदिन्छ।
- सरकारद्वारा निर्देशन गरिएको लकडाउन परिपालना गर्न सकेसम्म घरबाट बाहिर ननिस्कने, भिड्भाड्मा सहयोग पुर्याउनु पर्छ । सिर्जनात्मक एवं रचनात्मक कार्यले मन तथा मस्तिष्कलाई सन्तुलित राख्न टेवा पुर्याउने हुनाले यश समयालाई सिर्जनात्मक एवम् गुणात्मक रुपमा ब्यतित गर्न सकिन्छ । आफ्नो पेशा तथा ब्यवसायसंग सम्बन्धित ऐन, कार्यविधिहरु, नीतिगत एवं प्रक्रियागत व्यवस्थाहरु , विनियमावलीहरु, बिगतमा घटेका सम्बन्धित घटना एवम् मामला, परिस्थिति, अवस्था, समस्या, प्रकरणहरु अध्यान गरेर अभ्यास्त भइ लेख टिपोट पनि गर्न सकिन्छ ।
- जीवन उपयोगी पुस्तकहरु अध्यान गर्ने, दैनिक सारिरिक एवम् मानसिक ब्यायाम गर्ने, तौल घटाउने समय तालिका अनि रणनीति बनाउन सकिन्छ, योग गर्ने, बिभिन्न किसिमका खाना बनाउन सिक्ने, कलाका क्षेत्रहरूमा निबन्ध, कथा, कबिता, गजल, हाईकु, आफुलाई आवश्यक छेत्रमा खोज तथा अनुसन्धान आदि गरेर आफुलाई सकारात्मक राख्न सकिन्छ भने समयको पनि उच्चतम उपयोग गर्न सकिन्छ ।आफ्नो पेशासंग सम्बन्धित यी भावना अनि शब्दहरुमा थप अभ्यास हुँदै अगाडि बढेमा नयाँ कृतिको आबिस्कार गर्न सकिन्छ।
भनिन्छ जेष्ठ नागरिक भोगाईका खानी हुन् । अग्रज अनि अनुजहरुसंगको सम्बादले उनिहरुले भोगेको भोगाई जीवन उपयोगी हुनसक्छ। दैनिक रुपमा ज्यालादारीमा, कार्यालायमा होस् या ब्यवसायमा कामको प्रकृति र चापले गर्दा हामी धेरै समय हाम्रा ससाना बालबालिकालाई समय दिन नसकेको अवस्था हुन्थ्यो । घरभित्र सतर्कता र साबधानी लिएर बालबालिकासंग भावनात्मक रुपमा जोडिने यो एउटा सुन्दर समय पनि बन्न सक्छ। यदि श्रीमान् र श्रीमाती दुवै कुनै पेशा एवम् रोजगारिमा आवद्ध हुनुहुन्छ भने दुवैले परिवारलाई तथा एकअर्कालाई समय दिन पनि सक्नुहुन्छ।
आजैबाट प्रण गर्नुहोस् कि म कहिले पनि हतोत्साहित हुने छैन । म कसैलाई बारम्बार गुनासो सुनाउदिन, म भावनात्मक रुपमा स्थिर हुनेछु, म मलाई आएको सन्देशहरु केही नहेरी र सुचनाको बिश्लेसण नगरि सामाजिक सन्जाल वा अन्य माध्यमद्वारा छिटो छरितो अरुलाई पठाउने छैन, जे कुराले म नियन्त्रण गर्न सक्दिन त्यसमा जोड दिने छैन, म स्वस्थ्य खानेकुरा खानेछु। म आफुले जानेको र बुझेको कुरा अरुलाई सुनाउनेछु। म सधै सकरात्मक सोचसंगै अगाडी बड्नेछु । हरेक व्यक्तिले यो अबस्थामा आफुले सकारात्मक सोच्नु पर्दछ । संयमित रहनुपर्दछ, अनि सुरक्षीत हरेर सिर्जनत्मक हुनुपर्दछ । जीवन रहे हामी रहन्छौ, स्वस्थ रहौं सजग रहौं ।
(लेखक कृषि विकास बैंक लिमिटेड, रामपुर पाल्पाका साखा प्रबन्धक हुन् )




