Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

के को प्रचण्ड ? के को प्रधानमन्त्री ? ‘पावरफूल’ त अर्थमन्त्री !

२०७६ चैत्र २४ गते

बैंकिङ खबर । सरकारी विभिन्न निकायमा नियुक्ति होस् या विभिन्न सामान खरीद गर्ने कार्य होस् । सरकारसँग रहेको ढुटीको म्यानेज वा कोरोना रोकथाम कोषमा रहेको रकमको बााँडफाँट । अहिले प्रधानमन्त्री विरामी अबस्थामै छन् । नेकपाका अध्यक्ष प्रचण्डलाई समेत धेरै कुरा थाहा हुन छोडीसकेको छ । त्यसैले यतिबेला सरकारको काम कार्बाही की प्रधानकन्त्रीका सल्लाहकारहरुले गरेका छन् । की अर्थमन्त्री युवराज खतिवडाले । यस अघि सरकारी कार्यमा विभिन्न क्षेत्रको नियुक्ति हुँदा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच छलफल हुने गरेका थिए । तर यसपाली यी दुवै नेतृत्व निश्कृय जस्तै देखिएका छन् ।

स्वास्थ्य सम्बन्धि उपकरण खरीद होस् या त औषधि खरीदको प्रकृया नै । गभर्नरको नियुक्ति लकडाउनपछि हुन्छ भनिएको थियो । तर एकैदिन सबै काम फटाफट सक्नेगरी अर्थमन्त्री युवराज खतिवडाले तालमेल मिलाए । उनी प्रधानमन्त्रीका दाहीने हात हुन् । प्रधानमन्त्रीका अर्का नजिकका पात्र पूर्व संचारमन्त्री गोकुल बाँस्कोटा थिए । उनी भ्रष्ट्राचारको आरोप प्रकरणपछि राजीनामा गरेर घर बसेका छन् । यतिवेलाको राजनीतिक यात्रामा नेकपाका अध्यक्ष प्रचण्डलाई सरकारले टेर्न छाडेको छ । प्रधानमन्त्री अस्वस्थ अबस्थामा छन् । यस्तो वेला प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सबै कामको जिम्मेवारी अर्थमन्त्री डा. युवराज खतिवडा र उपप्रधानमन्त्री ईश्वर पोख्रेललाई सुम्पेको बुझिन्छ । उपप्रधाननमन्त्री पोख्रेल रक्षामन्त्री समेत छन् । सोही अनुसार कोरोना राहतको जिम्मेवारी उनी मातहतको रक्षामन्त्रालय अन्तरगत नेपाली सेनालाई लगाउने कुरा चर्चामा छ । अर्थमन्त्री डा. युवराज खतिवडाकै पहलमा मंगलबार नेपाल राष्ट्र बैंकको गभर्नर पदमा उनका नजिकका पात्र महाप्रसाद अधिकारी यियुक्त भएका छन् ।

Ad