बैंकिङ खबर । कोरोना संक्रमित मध्ये ७९ प्रतिशत घर फर्किदा २१ प्रतिशतको मृत्यु भएको तथ्याङ्ले देखाएको छ । चीनको उहान शहरबाट शुरु भएको कोभिड–१९ ९कोरोना भाइरस० सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या बढ्दो क्रममा छ । विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ११ लाख ३९ हजार भन्दा माथि पुगेको छ । जसमा ६१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । कूल संक्रमितमध्ये २ लाख ३६ हजार भन्दा बढि उपचारपछि घर फर्केका छन् ।
यसबाट बढी संक्रमित हुने देशहरुमा अमेरिका, स्पेन, इटाली, जर्मनी, फ्रान्स, चीन तथा इरान जस्ता देशहरु रहेका छन् ।
नेपाल राष्ट्र बैंक
कोरोना संक्रमित मध्ये ७९ प्रतिशत घर फर्किदा, २१ प्रतिशतको मृत्यु
२०७६ चैत्र २२ गते