बैंकिङ खबर । इसेवा कम्पनीसँग जोडिएको सिरान टेक्नोलोजीले काठमाडौं प्रेस अनलाइनमा प्रकाशित समाचार ह्याक गरेको स्वीकार गरेको छ । प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अलीसहितका व्यक्तिको संलग्नतामा स्वास्थ्य सामग्री खरिदबारे काठमाडौंप्रेसले समाचार प्रकाशित गरेको थियो । सो समाचार सिरान टेक्नोलोजीले ह्याक गरी डिलिट गरेको थियो । उक्त अनलाइनको सिरान टेक्नोलोजीले आइटिको जिम्मेवारी लिएको थियो । एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले ट्वीटरमार्फत सिरान टेक्नोलोजीका प्राविधिकहरुले काठमाडौंप्रेसमा प्रकाशित समाचारको लिंक डिलिट गरेको स्वीकार गरेका हुन् । एफवान सफ्टको भातृ कम्पनी हो जसमा प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ अस्गर अली संचालक छन् ।