
बैंकिङ खबर । नेपाल आयल निगमले सरकारको कोरोना रोकथाम तथा नियन्त्रण कोष’मा ५० करोड रुपैयाँ सहयोग गरेको छ । सरकारले कोषमा सहयोग गर्न सार्वजनिक आह्वान गरे अनुरुप निगम सञ्चालक समितिको बसेको बैठकबाट ५० करोड रुपैयाँ कोषलाई सहयोग गर्ने निर्णय गरिएको निगमले जनाएको छ । बिहीबार उक्त रकम बराबरको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गरिसकिएको निगमले जानकारी दिएको छ ।
नेपाल आयल निगम लिमिटेड वि. सं २०२७ सालमा स्थापना भएको हो । निगम नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको छ ।