Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

चीनद्धारा अर्थव्यवस्थाको पुन सुधार : पूर्ण क्षमतामा उत्पादन सुरु

२०७६ चैत्र १७ गते

बैंकिङ खबर । कोरोना भाइरस संक्रमणबाट मुक्त भएपछि चीनले आफ्नो अर्थव्यवस्थालाई पुनजीवित गर्ने अभ्यास सुरु गरिसकेको छ ।
ऋणमा आकर्षण बढाउन चीनले रिभर्स रेपो रेटमा ०.२० घटाउने घोषणा गरेको छ । यससँगै, ठूलो नोक्सानलाई क्षतिपूर्ति दिनका लागि पूर्ण क्षमतामा उत्पादन समेत शुरू गरेको छ । यस भाइरसको कारण, विश्वकै दोस्रो ठूलो अर्थतन्त्रमा औद्योगिक गतिविधि करीव दुई महिनाको लागि स्थिर भयो ।

चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले सोमबार कारोनाको कारण उत्पादन बन्द भएको, यद्यपि अब चीनको उत्पादन क्षेत्रले काम गर्न थालेको बताएका छन् । मन्त्रालयका अनुसार देशका ठूला औद्योगिक कम्पनीहरू मध्ये ९८.६ प्रतिशतले फेरि उत्पादन सुरु गरीसकेका छन् ।

चीन विश्वको दोस्रो ठूलो र एशियाको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक हो जसले गत केही महिनादेखि कोरोनासँग संघर्ष गरिरहेको थियो । चीनमा यो रोगका कारण ३,००० भन्दा बढी मानिस मरे । यद्यपि यस रोगलाई चीनले पराजित गरिसकेको छ ।

-एजेन्सीको सहयोगमा

Ad