Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नेपाल : मृतकहरुमा कोरोना छैन, जो संक्रमित छन् उनीहरु निको भएका छन् ! के साँच्चै हो ?

२०७६ चैत्र १७ गते

बैंकिङ खबर । केही दिन अघि चितवनको आईसोलेसन क्वारेन्टानइनमा एकजनाको मृत्यू भयो । त्यसपछि पोखरामा आईसोलेसन क्वारेनटाईनमा एकजनाको मृत्यु भयो । अनि बुटवलमा पनि । र सोमबार काठमाडौंको पाटन हस्पीटलमा । उनीहरुलाई कोरोना नलागेको भए किन यसरी आईसोलेसन क्वारेनटाईनमा राखियो भन्ने धेरैको जिज्ञासा आइरहेको छ । अर्कातर्फ कोरोना लागेका भनिएकाहरुको अबस्था सामान्य नै रहेको छ । सकारात्मक तरीकाले हेर्ने हो भने निकै राम्रो खबर हो । जो मरेका छन् उनीहरुमा कोरोना छैन । जो कोरोना संक्रमित छन् उनीहरु निको भएका छन् । तर केही सोँचाईहरु नकारात्मक पनि छन् । यदी उनीहरुलाई कोरोनाका संकेत नदेखिएको भए किन आईसोलेसन क्वारेनटाईनमा राखियो ? उनीहरुको परिक्षण पहिला किन हुन सकेन ? के मृत्यू भएपछि बल्ल परिक्षण गर्ने अबस्था हो त ? यसकारण यो विषयलाई राम्ररी छानविन हुन जरुरी देखिन्छ ।

संक्रमित मध्ये एकजना त घरै फर्किएको कुरा छ । अरु संक्रमितहरु निको हुने क्रममा छन् भन्ने सरकारको भनाई छ । उता धनगढीका एक संक्रमितले तातो पानी पनि पिउन नपाएको गुनासो गरेका छन् । कुरा अलि बाझीयो कि ?

Ad