Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कोरोना रोकथामका लागि उद्योग वाणिज्य महासंघको दुई करोड बराबरको सहयोग

२०७६ चैत्र १६ गते

बैंकिङ खबर । उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले कोरोना भाइरसबाट उत्पन्न हुने जोखिम रोकथाम र न्यूनिकरणका लागि सरकारलाई ५० लाख रुपैयाँ नगद सहयोग गरेको छ । आइतबार सिंहदरबारमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई भेटेर महासंघ अध्यक्ष भवानी राणाले ५० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेकी हुन् ।

त्यस्तै, महासंघले डेढ करोड रुपैयाँ बराबरको मेडिकल इक्विपमेन्ट र खाद्यान्न पनि दिने भएको छ । केही सामाग्री सरकारलाई हस्तान्तरण गर्ने र केही आफैँ वितरण गर्ने महासंघको योजना छ । यसबाहेक, ५ हजार श्रमिक तथा सुकुम्बासीहरुलाई ५ किलोको चामल र १ किलो दाल पनि वितरण गर्ने महासंघले जनाएको छ ।

Ad