Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कोरोनाबाट राजकुमारीको मृत्यु, प्रधानमन्त्रीदेखि मन्त्रीसम्म संक्रमित

२०७६ चैत्र १६ गते

कोरोना भाइरसले महामारीको रुप लिँदै गर्दा स्पेनकी राजकुमारीको मृत्यू भएको छ भने विभिन्न देशका प्रधानमन्त्रीदेखि उच्च तहका व्उयक्ति समेत संक्रमणमा छन् । स्पेनकी ८६ वर्षीया मारिया टेरेसाको शुक्रबार कोरोना भाइरसको कारण मृत्यु भएको छ । युवराज सिक्टस हेनरीले राजकुमारी टेरेसाको कोरोना संक्रमणले मृत्यु भएको पुष्टि गरेका छन् । यसअघि बेलायती राजकुमार चार्ल्समा पनि कोरोना संक्रमण देखिएको थियो ।
उता बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना संक्रमण भएको छ । उनले ट्वीटरमा भिडियो पोष्ट मार्फत आफूलाई कोरोना संक्रमण भएको बताएका हुन् । चिकित्सिकको सल्लाहअनुसार कोरोना पोजेटिभ नतिजापछि उनी घरमै उनले आइसोलेसनमा बसेर सरकार संचालन गरेका छन् । त्यहाँ २ जना मन्त्रीलाई समेत कोरोना संक्रमण भएको छ ।

Ad