Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कोरोनाको पहिलो तस्वीर हेर्नुहोस्, कस्तो छ?

२०७६ चैत्र १६ गते

बैंकिङ खबर । माइक्रोस्कोपको सहयोगमा लिइएको यस तस्वीरले कोरोना भाइरसको बारेमा धेरै कुरा प्रकट गर्दछ । यो अन्य कोरोना भाइरस जस्तै गोलो छ । यो करिब ७० देखि ८० नानोमिटर छ । (मानीसको कपाल करिब ८०,००० नानोमिटर हुन्छ)।


वैज्ञानिकहरूका अनुसार कोरोना भाइरसलाई अरु भाइरससँग तुलना गर्दा यो आकारमा धेरै सानो रहेको जनाइएको छ । कोरोना भाइरसको संरचना क्राउन जस्तो छ । यस कारणले गर्दा यसलाई कोरोना नाम दिइएको हो । तर फ्लू जस्ता अन्य सामान्य भाइरस आकारमा त्रिकोणीय हुछन् ।
यो जानकारी पुणेको भिरोलोजी राष्ट्रिय संस्थानको रिपोर्टमा आधारित छ ।

Ad