बैंकिङ खबर । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना संक्रमण भएको छ । उनले ट्वीटरमा भिडियो पोष्ट मार्फत आफूलाई पछिल्लो २४ घन्टामा ज्वरो आएपछि परिक्षण गर्दा कोरोना संक्रमण भएको बताएका छन् । चिकित्सिकको सल्लाहअनुसार कोरोना पोजेटिभ नतिजापछि उनी घरमै उनले आइसोलेसनमा बसेर सरकार संचालन गरेका छन् । ट्वीटमा पनि उनले आफूले घरमै बसेर काम गरेको र आइसोलेसनमा बसेको उल्लेख गरेका छन् । प्रधानमन्ीले भनेका छन् ‘म घरबाटै काम गरिरहेको छु ।’