Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कोरोना भाइरस कसरी फैलन्छ ?

२०७६ चैत्र १४ गते

के तपाइलाई थाहा छ कोरोना भाइरस एकदमै सूक्ष्म तर प्रभावी भाइरस हो । कोरोना भाइरस मानिसको कपालको तुलनामा ९०० गुणा सानो हुन्छ, तैपनि कोरोनाको संक्रमण दुनियाभरमा द्रुत गतिमा फैलिरहेको छ । अहिलेसम्म कोरोना भाइरसको संक्रमण दुनियाको लगभग सबै देशमा फैलिसकेको छ । चीनबाट सुरु भएको यो भाइरसको कहर जारी छ र अब ईरान, इटली, अमेरीका लगायत लगभग सबै देश कोरोना भाइरसबाट बढ्दै गएको खतराबाट जुधिरहेको छ । कोरोनाबाट बढिरहेको खतरालाई मध्यनजर गर्दै अब आम नागरीकहरुले काफी सावधानी अपनाइरहेका छन् । यस अवस्थामा हामी तपाइलाई कोरोनासँग सम्बन्धित केही महत्वपूर्ण जानकारी दिनेछौं ।

के कोरोना संक्रमित व्यक्ति नजिक हुँदा बीमारी हुन सक्छ ?

यदि तपाई कुनै डिपार्टमेन्ट स्टोर जानुहुन्छ जसको मालिकलाई कोरोना संक्रमण भइसकेको छ । यस्तो अवस्थामा तपाइलाई पनि कोरोना संक्रमण हुन सक्छ । विशेषज्ञका अनुसार कोरोनाको संक्रमण उसले दिएको पैसा राख्दा वा तपाईले दिएको कार्ड स्वइप गरेर फिर्ता गर्दा पनि हुन सक्छ ।

कसरी फैलन सक्छ कोरोना ?

कोरोनाको संक्रमण फैलने चार कारण हुन सक्छ तपाई संक्रमित व्यक्तिको नजिक कतिबेर रहनुभयो ? तपाई उसको कति नजिक जानुभयो ? के उक्त व्यक्तिले खोक्दा वा हाच्छिउ गर्दा तपाइलाई छिटा पर्यो वा तपाईले दुरी मेन्टेन गर्नुभयो ? तपाईले आफ्नो अनुहार कति पटक छुनुभयो ? तपाईको उमेर र स्वास्थ्यको कारण पनि कोरोना संक्रमणको असर पर्न सक्छ ।

खोक्दा वा हाच्छिउ गर्दा के हुन्छ ?

यदि कोरोना संक्रमित कुनै व्यक्तिले खोक्दा वा हाच्छिउ गर्छ भने त्यस प्रक्रियामा उसको मुख या नाकबाट केही छिटा झर्छ र यसबाट कोरोनाको संक्रमण हुन सक्दछ । एक प्रोफेसरको अनुसार कोरोना भाइरस यस्तो छिटाको मद्धतबाट अर्को व्यक्तिको शरीरमा प्रवेश गर्न सक्दछ ।

के तपाइले कोरोना प्रभावित व्यक्तिलाई पहिचान गर्न सक्नुहुन्छ ?

कोरोना संक्रमणको लक्षण आम रुघा खोकी जस्तै हुन्छ । त्यसैले कोरोना संक्रमित व्यक्तिको पहिचान सजिलै गर्न सकिदैन । कोविड १९ को पहिचान ल्यावमा जाच गरेपश्चात मात्र गर्न सकिन्छ ।

 

के कोरोना भाइरसको संक्रमण टच स्क्रीन या बस स्टपमा रहेको पोलहरुबाट पनि फैलन्छ?

यस्तो हुन सक्छ । हंगकङको एक बौद्ध मंदिरमा गएका मानिसहरुमा कोरोना संक्रमण यस्तै तवरबाट भएको थियो । यस मन्दिरबाट लिएको स्याम्पलको अनुसार बाथरूमको नल र किताबलाई ढाकिएको कपडामा पनि कोरोना भाइरसको सबुत भेटिएको थियो । यो भाइरस यसमा कुनै बाधा नआउन्जेलसम्म जहाँ पनि पुग्न सक्छ ।

जब हामी खोक्छौं या हाच्छिउ गर्छौ त्यसबेला हाम्रो मुखबाट केही छिटा झर्छन् यदि यसको बाटोमा केहि आएन भने यो सिधा जमीनमा पुग्छ । तसर्थ सधै सफा रुमालको प्रयोग गर्नु अत्यावश्यक हुन्छ । जब तपाईको आँखा, नाक या मुखमा केहि पर्छ तब मात्र कोरोना भाइरस तपाईको शरीरमा प्रवेश गर्छ । केहि विशेषज्ञको अनुसार कोरोना संक्रमणको प्रमुख कारण खोक्नु र हाच्छिउ गर्नु नै हो । कुनै व्यक्तिको ज्यादै नजिक गएर कुरा गर्दा वा साथमा खाना खादा समेत कोरोना भाइरस फैलिन सक्छ ।

“ विश्व स्वास्थ्य संगठनकोे प्रवक्ताका अनुसार “कुनै बीरामी व्यक्तिबाट कम से कम तीन फीटको दूरीमा रहनु आवश्यक छ“

-एजेन्सी 

Ad