
प्रदेश १ को बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा, गण्डकी प्रदेशको पोखरा पोखरा स्वास्थ्य विकास प्रतिष्ठानमा र प्रदेश ५ को भेरी अस्पताल नेपालगञ्जमा भाइरस परीक्षण गरीने भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशमा रहेका विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले नमुना संकलन गर्नेछन् भने सामाजिक विकास मन्त्रालयलले परीक्षण स्थलसम्म र्पुयाउने छन् ।
देशको सातै प्रदेशमा कोरोना टेष्ट गर्ने व्यवस्था मिलाइरहेकोमा हाल यी तीन स्थानमा मात्र जाँच गर्न लागिएको हो ।
अब यी तिन स्थानका बासिन्दाले कोरोना संक्रमण भएन–भएको पत्ता लगाउन काठमाडौंकै प्रयोगशालामा आउन नपर्ने भएको छ ।