Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

लकडाउनमा औषधिसहित अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग सञ्चालनमा

२०७६ चैत्र १४ गते

लकडाउनका क्रममा समेत औषधिसहित अत्यावश्यक वस्तु उत्पादन गर्ने मुलुकभरका सबै उद्योग यथावत् रूपमा सञ्चालन गरिएको उद्योग मन्त्रालयले जनाएको छ ।

मुलुकमा औषधि, स्वास्थ्य सामग्री, खाद्यान्न, खाना पकाउने ग्यास तथा खानेपानीको अभाव हुन नदिन ती अत्यावश्यक वस्तु उत्पादन र आपूर्ति गर्ने देशभरका उद्योग सञ्चालन गरिएको जानकारी उद्योग मन्त्रालयका सचिव चन्द्र घिमिरेले दिए।

घिमिरेका अनुसार गृह मन्त्रालयसित समन्वय गरी लकडाउनका क्रममा समेत ती उद्योगलाई पूर्ववत् रूपमा सञ्चालन गरिएको हो। ती उद्योग विश्व स्वास्थ्य संगठनले तोकेको स्वास्थ्य प्रोटोकल अपनाउन लगाई सञ्चालन गरिएको छ।

 

‘औषधिसहित अत्यावश्यक वस्तु उत्पादन गर्ने देशभरका सबै उद्योग गृह मन्त्रालय र मातहतका निकायसित समन्वय गरी लकडाउनका बेलासमेत सुचारु रूपमा सञ्चालन गरिएको छ,’ सचिव घिमिरेले कान्तिपुरसित भने, ‘ती उद्योग स्वास्थ्य प्रोटोकल पालना गर्न लगाई सञ्चालन गरिएको छ। ती उद्योगका मजदुर आवतजावत, कच्चा पदार्थको ढुवानी र उत्पादित सामान बजारमा पुर्‍याउने क्रममा दिनहुा पटकपटक आउने समस्या हाम्रो मन्त्रालयले सम्बन्धित निकायसित समन्वय गरी समाधान गरिदिने गरेको छ।’ देशभर अत्यावश्यक सामग्री उत्पादन गर्ने उद्योग तीन हजारभन्दा बढी छन्।

ती उद्योगमा स्वास्थ्य प्रोटोकलअनुसार सबै श्रमिक, कर्मचारीलाई अनिवार्य रूपमा मास्क लगाउने, नियमित रूपमा स्वास्थ्य जााच तथा ज्वरो नाप्ने र स्यानिटाइजरबाट हात धुने व्यवस्था मिलाइएको छ। कुनै श्रमिक र कर्मचारीलाई सामान्य स्वास्थ्य समस्या देखिए पनि तुरुन्त अस्पताल लाने व्यवस्थासमेत मिलाइएको जानकारी घिमिरेले दिए। सम्बन्धित जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयमार्फत ती उद्योगमा स्वास्थ्य प्रोटोकल पालना भए/नभएको नियमित स्थलगत अनुगमन गर्ने गरिएको छ। स्वास्थ्य प्रोटोकल पालना नभएको पाइएमा कारबाही गर्ने व्यवस्थासमेत मिलाइएको छ।

घिमिरेका अनुसार स्वास्थ्य प्रोटोकलअनुरूप ती उद्योगमा २५ जनाभन्दा बढी भेला हुन नपाइने, काम गर्दा कम्तीमा तीन फिटको दुरी कायम गर्नुपर्नेलगायतको व्यवस्थासमेत मिलाइएको छ।

मन्त्रालयले ती उद्योग सुचारु राख्न लकडाउनका क्रममा परिचयपत्रका आधारमा श्रमिक र कर्मचारीलाई आवतजावत गर्ने व्यवस्था मिलाइएको र कहीा आउजाउमा समस्या आएको पाइएमा तत्काल सम्बािन्धत जिल्ला प्रशासन र प्रहरीसित समन्वय गरी समाधान गर्ने गरिएको जनाएको छ।

घिमिरेका अनुसार ती उद्योगका लागि निर्वाध कच्चा पदार्थको आपूर्ति र तिनका उत्पादनलाई बजार र उपभोक्तासम्म लैजाने व्यवस्था मिलाइएको छ। कतै समस्या या अवरोध आएमा मन्त्रालयले उद्योग सञ्चालकबाट तुरुन्तै जानकारी पाउने र तत्काल जिल्ला प्रशासन तथा प्रहरीको सहयोग लिई समाधान गर्ने गरिएको जानकारी घिमिरेले दिए।

औषधि र स्वास्थ्यजन्य सामग्रीको मुलुकमा हुने कुल खपतको ४० देखि ५० प्रतिशत स्वदेशी उद्योगका उत्पादनले धान्ने गरेका छन्। ग्यास बाहिरबाट आयात हुने गरे पनि सिलिन्डरमा फिलिङ (भर्ने काम) नेपाली उद्योगमा मात्र हुने गर्छ। तयारी खाद्यान्नमा समेत नेपाली उद्योगको ठूलो योगदान रहेको जानकारी मन्त्रालयले दिएको छ। जार र बोत्तलमा उपलब्ध हुने खानेपानी स्वदेशी उद्योगले नै धान्दै आएका छन्।
कान्तिपुर दैनिकमा प्रकाशित समाचार ।
Ad