Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कोरोना संक्रमण : भारत सरकारद्धारा कर छुट सहितका प्याकेज घोषणा

२०७६ चैत्र १२ गते

बैंकिङ खबर । हाल विश्व नै आर्थिक मन्दीको चपेटाबाट गुज्रिरहेको छ, यसबाट छिमेकी मुलुक भारत पनि अछुत रहन सकेन । भारत सरकारले कोरोना भाइरस संक्रमणबाट प्रभावित आमजनतालाई केही राहत होस् भन्नका खातिर पहिलो प्याकेज सार्वजनिक गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सितारमणले कर छुट र जीएसटी अुनपालन सम्बन्धी मुद्दाहरुमा राहत प्याकेजको घोषणा गरेकी छन् ।
हाल अर्थतन्त्रलाई जोगाउनका लागि केही राहत दिइएको र अब आर्थिक राहतको प्याकेजको पनि तयारी भइरहेको जनाइएको छ ।

यसका साथ भारत सरकारले ल्याएको राहत प्याकेजमा अब जुनसुकै बैंकको एटीएमबाट पैसा निकाल्दा तीन महिनासम्म कुनै शुल्क नलाग्ने, कुनै पनि डिजिटल कारोबारमा कुनै शुल्क नलाग्ने, ५ करोड भन्दा कम कारोबार भएका कम्पनीहरुलाई तिन महिनासम्म जरीवाना नलिइने, तीन महिनासम्म ग्राहकले बैंक ब्यालेन्स मेन्टेन गर्नु नपर्ने, भन्सार शुल्कमा रहत, ३० अप्रिलमा परिपक्क हुने डिवेञ्चरको समय बढाएर ३० जुनसम्म पुर्याइने र नयाँ कम्पनीहरुलाई व्यापार व्यवसाय सुरु गर्न केहि महिना थप समय दिइने आदि जस्ता निर्णय सुनाइएको छ ।
महामारीबाट गुज्रिरहेको यो अवस्थामा भारत सरकारको यस घोषणाले भारतीय अर्थ व्यवस्थामा केही राहत मिल्ने अपेक्षा गर्न सकिन्छ ।

Ad