Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

इटाली सरकारको कडा निर्देशन : क्वारेन्टाइन उल्लंघन गर्नेलाई पाँच वर्ष जेल सजाय

२०७६ चैत्र १२ गते

बैंकिङ खबर । संसारभर कोरोना भाइरसकोे प्रकोप दिनप्रतिदिन बढ्दा पनि क्वारेन्टाइनमा बस्न धेरै सर्वसाधारणहरुले आनाकानी गरिरहेका छन् । क्वारेन्टाइन नमान्नेलाई देश अनुसार आ-आफ्नै सामान्य नै नियम कानुन बन्दै गरेको र बनिसकेको अवस्था छ । तर इटलीमा सरकारले क्वारेन्टाइन नियम उल्लंघन गर्नेमाथि ५ वर्षसम्मको जेल सजाय हुने कठोर निर्णय सुनाएको छ ।
सावधानी पुर्वक क्वारेन्टाइनमा नबसी नियमको पालना नगर्ने सर्वसाधारणलाई ५ वर्षसम्मको जेल सजायको चेतावनी दिइएको छ । सरकारद्धारा बनाइएको नयाँ नियम अनुसार क्वारेन्टाइन नियम उल्लंघनको जरीवाना समेत बढाएर ३ हजार युरो पुगेको छ ।
क्वारेन्टाइन तोड्ने र धेरै मानिससँग सम्पर्कमा आउँदा समाजको स्वास्थ्य र सुरक्षामा जोखिम हुने भएकाले त्यस्ता व्यक्तिमाथि कानूनी कारबाही हुने भएको हो ।

Ad