Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

मंगलबारदेखि ‘लकडाउन’ ! कसैलाई बाहिर ननिस्कन सरकारको निर्देशन

२०७६ चैत्र १० गते

बैंकिङ खबर । सरकारले म‌ंगलबार बिहान ६ बजेदेखि पुरै देशैभरी लकडाउन गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले देशभर लक डाउन गर्ने र सरकारी कार्यालय पनि पुरै बन्द गर्ने निर्णय गरेको हो । लक डाउनमा यातायात, हवाइसेवा बन्द हुनेछन् । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका र अनुमति प्राप्त व्यक्ति तथा सवारी साधन बाहेक अरु कसैलाई घर बाहिर निस्कन दिइने छैन ।