Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बाढीपीडितलाई एनआईसी एशिया बैंकको दुई करोड २१ लाख सहयोग, ४० लाख बराबरको राहत सामग्री वितरण

२०८३ भाद्र १४ गते

काठमाडौं / बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि एनआईसी एशिया बैंकले दुई करोड २१ लाख रुपैयाँ नगद सहयोग गरेको छ ।

बैंकले विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले उक्त नगद सहयोग गरेको जनाएको छ। साथै, बैंकले करिब ४० लाख रुपैयाँ बराबरको राहत सामग्रीसमेत वितरण गरेको छ ।

बैंकका अनुसार प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा राहत सामग्री तथा सहयोग पुर्‍याउने कार्यलाई प्राथमिकता दिइएको छ। विपद्को समयमा प्रभावित समुदायलाई सहयोग गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत राहत तथा पुनःस्थापनामा बैंकले योगदान गरेको हो ।