काठमाडौं / पोखरा फाइनान्स लिमिटेडका ग्राहकले सिद्धार्थ होटल, नारायणगढमा फूड तथा बेभरेज सेवामा १० प्रतिशत छुट पाउने भएका छन्।
ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले पोखरा फाइनान्स र सिद्धार्थ होटल, नारायणगढबीच ग्राहक सुविधा विस्तारसम्बन्धी सम्झौता भएको छ। सम्झौतामा २०८३ जेठ १५ गते दुवै पक्षबीच हस्ताक्षर भएको हो।
सम्झौताअनुसार पोखरा फाइनान्सका खातावालाले पोखरा मोबाइल बैंकिङ वा डेबिट कार्डमार्फत होटलमा भुक्तानी गर्दा उपलब्ध फूड तथा बेभरेज सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नुका साथै आफ्ना ग्राहकलाई थप सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले होटलसँग सहकार्य गरिएको फाइनान्सले जनाएको छ। उक्त सहकार्यबाट आफ्ना खातावाला ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुने फाइनान्सको विश्वास छ।
पोखरा फाइनान्सले हाल ३८ वटा शाखामार्फत नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङ, सीआईएसवा लगायतका विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ। साथै, फाइनान्सले मोबाइल बैंकिङ, डेबिट कार्ड तथा क्यूआर कोडलगायतका डिजिटल बैंकिङ सुविधासमेत उपलब्ध गराउँदै आएको जनाएको छ।