काठमाडौं / नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई करसहित ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५.२६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँका आधारमा प्रस्तावित नगद लाभांश रकम १ अर्ब १३ करोड ६८ लाख ५१ हजार २०० रुपैयाँ बराबर हुन्छ। उक्त रकममा लाभांश करसमेत समावेश छ।
प्रस्तावित लाभांश नेपाल सरकार, अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंकबाट आवश्यक स्वीकृति प्राप्त भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीलाई वितरण गरिनेछ।
निफ्राले यसअघि पनि पूर्वाधार क्षेत्रमा लगानी विस्तार गर्दै आएको छ। लाभांश घोषणासँगै बैंकको सेयरधनी प्रतिफलतर्फ पनि लगानीकर्ताको ध्यान बढेको छ।