बैंकिङ खबर । कोरोना भाइरस को संक्रमण फैलिन नदिन तथा उपचारका लागि समेत नेपाली सेनाले आन्तरिक तयारी सुरु गरेको बताएको छ । सैनिक सूचना निर्देशनालयले विज्ञप्ति जारी गर्दै सेनाले कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गरी रोकथाम तथा सम्भावित महामारीविरुद्ध आवश्यक तयारी सुरु गरेको जनाएको छ । नेपाली सेनाका डाक्टर सहितको रथीवृन्द तथा अधिकृतहरू सहितको कोर टीम गठन गरी अन्य सरकारी निकायसँग समन्वय गर्नेगरी अघि सरेको बताइएको छ । कोरोना बारेमा प्रशिक्षण कार्यक्रम, क्वारेन्टाइन स्थापना, आइसोलेसन वार्ड तयारी जस्ता कार्य धमाधम सुरु गरेको उल्लेख गरिएको छ ।
नेपाल राष्ट्र बैंक
नेपाली सेनाले भन्यो ‘क्वारेन्टाइन स्थापनादेखि उपचारसम्म लाग्छौं’
२०७६ चैत्र १० गते