बैंकिङ खबर । सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि ५० करोड रुपैयाँको कोष स्थापना गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना नियन्त्रणका लागि आवश्यक उपचार र उपकरणको व्यवस्था गर्न कोष स्थापनाको निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार कोषमा प्रधानमन्त्री केपीशर्मा ओली र मन्त्रिपरिषद्का सबै मन्त्रीले एक महिनाको तलब दिने घोषणा गरेका छन् । त्यस्तै, नेपाल बैंकले एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।