
बैंकिङ खबर । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र प्रभू बैंकको संयुक्त आयोजनामा जुम्लाको खलंगामा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएकोे छ । भौगौलिक रुपमा विकट रहेको सो जिल्लाका महिलालाई वित्तिय साक्षरता अभिबृद्धि गर्ने उदेयश्का साथ आयोजित कार्यक्रम जुम्ला सदरमुकाम खलंगामा सम्पन्न भएको हो ।
कार्यक्रममा चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले वित्तीय पहुँचमा महिलापुगेपनि चेतनाको अभावले उत्पादनमुखी क्षेत्रमा लगानी नभएको बताउँनुभयो । बचतसँगै, सीप तथा रोजगारमुलक क्षेत्रमा लगानी गर्न नगरपालिकाले पनि सघाउने बताउदै उहाँले सहकारी तथा वित्तीय क्षेत्रले पनिवित्तीय साक्षरता अभियान सञ्चालन गर्न सुझावदिनुभयो । जुम्लामा पुरुषको तुलनामा महिला आर्थिक रुपमा सबल बन्दै गएको तथा बाह्य तथा आन्तरिक आर्थिक कारोबारमा समेत महिलाको पहुँच वृदिहुँदै गएको बताउँनु भयो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक त्रिलोचन पंगेनीले पैसाको महत्वबारे जानकारी गराउदै आवश्यक परेको ठाउँमा मात्र पैसा खर्च गर्नुपर्ने बताउँनु भयो । धनपैसा जीवनमा नभई नहुने भएकाले यसलाई सही सदुपयोग गर्न उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा प्रभू बैंक कर्णाली प्रदेश प्रमुख शरद तिमल्सिनाले गाउँगाउँमा बैंक विस्तार गरिसकेकाले पनि सबैमा वित्तिय साक्षरता बढाउँदै जानुपर्ने बताउँनुभयो । उहाँले सुगममा मात्र नभएर दुर्गम क्षेत्रमापनि बैकिङ्ग सेवा विस्तार गरिसकेकाले सर्वसाधारणलाई यसबाट लाभ लिन आग्रह गर्नुभयो ।
कार्यक्रममा सेजनका अध्यक्ष भीम गौतमले ग्रामिण क्षेत्रमा सहकारी तथा वित्तीय क्षेत्रमार्फत करोडौंको आर्थिक कारोबार हुने तर उत्पादनमूलक क्षेत्रमा लगानी नहुने, कारोबारबारे महिला नै स्पष्ट नहुने भएकाले वित्तीय साक्षरता सञ्चालन गरिएको बताउँनुभयो । आफ्नो पुँजीलाई उत्पादनमुखी क्षेत्रमा लगानी गर्न उहाले महिलालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा झन्डै ४० जनाको सहभागिता रहेको थियो । वित्तीय साक्षरता कार्यक्रमका सहभागी महिलाले शिक्षाकै अभावले उत्पादनमुखी क्षेत्रमा लगानी नभएको बताए ।
महिलालाई घरदेखि बाह्य आर्थिक कारोबारमा सक्रिय बनाउने, सहजै हिसाब किताब राख्न सक्ने, आफ्नो बचत र ऋण सही ठाउँमा उपयोग गर्ने लगायतका विषयमा कार्यक्रममा जानकारी दिइएको थियो ।