Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

गभर्नर नियुक्तिमा राजनीति हुनु गलत : प्रथम गभर्नर राणा

२०७६ चैत्र ३ गते

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा राजनीति हाबी हुनु गलत भएको प्रथम गभर्नर हिमालयशमशेर राणाले बताएका छन् । सञ्चार केन्द्र नेपालद्वारा आयोजित नेपालको बैंकिङ क्षेत्रको वर्तमान अवस्था र विषयमा भएको अन्तक्र्रियामा राणाले गभर्नरको समयावधि सकिनु एक महिनाअगाडि नै नयाँ गभर्नर छान्नुपर्ने बताए ।

तर, राजनीति गर्नकै लागि तीन–चार दिनअघि मात्र नयाँ गभर्नर छान्ने चलन बसेको उनको भनाइ छ । उनले भने, ‘अर्थतन्त्रमा दख्खल राख्ने व्यक्ति मात्रै गभर्नर हुने गरेको थियो, तर पछिल्लो समय राजनीतीकरण बढ्दै गएको छ ।’ कार्यक्रममा सरकारको निर्देशनमा चल्ने गभर्नर नल्याउन कृषि विकास बैंकका अध्यक्ष तथा राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले सुझाब दिएका छन् । उनले नयाँ गभर्नरलाई टिवोआरसहितको नियुक्ति दिनुपर्ने बताए । उनले भने, ‘नीतिगत जोखिम लिन सक्ने खालको गभर्नर अहिले आवश्यक छ ।’   

सरकारले २०२२ मा २५ सय डलरसम्मको आम्दानी हुने देशहरूको सूचीमा नेपाललाई पुर्‍याउने बताएको थियो । त्यस्तै, २०४४ सम्म झन्डै १२ हजार डलरसम्म आम्दानी हुने देशमा जाने भनेको थियो । त्यसका लागि नीतिगत जोखिम लिन सक्ने गभर्नरको आवश्यक रहेको उनको भनाइ छ ।

निरौलाले राष्ट्र बैंकभित्र संरचनात्मक समस्या सिर्जना हुँदै गएकाले त्यसलाई कठोरताका साथ नियन्त्रण गर्ने गभर्नर आवश्यक रहेको पनि उनले बताए । उनले भने, ‘गभर्नरले भनेको डेपुटी गभर्नरले नसुन्ने, डेपुटी गभर्नरले भनेको कार्यकारी निर्देशकले नसुन्ने, कार्यकारी निर्देशनले भनेको निर्देशकले नसुन्ने खालको मनोविज्ञानलाई कठोरसाथ नियन्त्रण गर्ने गभर्नर चाहिएको छ ।’ नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार 

Ad