Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

‘आफू’ हुनलाई अरुलाई गाभेको कैलाश विकास बैंक अन्तत आफै विलय भयो

२०७६ फाल्गुन २९ गते

बैंकिङ खबर । पोखराबाट सुरु भएको एउटा विकास बैंक कैलाश विकास बैंक जसको औपचारिक रुपमा विलय भएको छ । उक्त बैंक सुरुवातमा फाइनान्स कम्पनीबाट उदाएको थियो । पोखरामा अन्नपूर्ण फाइनान्सको नाममा स्थापना भई अन्नपूर्ण फाइनान्स बाट कैलाश विकास बैंक भएको थियो । विहीबारबाट प्राइम कमर्शीयल बैंकमा गिाभिएको उक्त विकास बैंकले राष्ट्रिय स्तरको हुनका लागि र पुँजी बृद्धिका लागि मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाइनान्सलाई आफूमा गाभेको थियो । २ अर्ब ९२ करोड चुक्तापुँजी भई राम्रै मुनाफा आर्जन गरेको कैलाश विकास बैंक गाभिएसँगै अन्य विकास बैंकहरु पनि कालान्तरमा गाभिने अनुमान गरिएको छ । त्यसो त राष्ट्रिय स्तरका गण्डकी विकास बैंक, देव विकास बैंक पनि अन्य बैंकमा गाभिँदैछन् भने ओम डेभलपमेन्ट बैंक यस अघि नै एनएमबी बैंकमा भागिइसकेको छ ।

Ad