Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सहुलियत कर्जा : शैक्षिक प्रमाणपत्र धितो र कर्जा लिने प्रकृया

२०७६ फाल्गुन २६ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले विभिन्न सहुलीयतपूर्ण कर्जाहरुमध्ये यूवा बर्गलाई स्वरोजगार बनाउने उदेश्यस्वरुप शैक्षिक प्रमाणपत्र धितो राखि सहुलीयतपूर्ण कर्जा दिने योजना अघि सार्यो । यो कार्यक्रम अन्तरगत उद्यमी बन्नका लागि यूवाले शैक्षिक प्रमाणपत्र धितो राख्न पाइन्छ । यो सहुलीयत कर्जा हो । जसको व्याजदर अत्यन्तै कम हुन्छ । तर यसको कार्यान्वयन सुरु भएर पनि सुस्त गतिमा अघि बढेको छ । बैंकहरुका कारण हो, वा राष्ट्र बैंकका कारण । तथापी सम्बन्धित निकाय व्यक्ति आफै सक्रिय नभएको बताउँछन् । शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा निकाल्न चाहाने धेरै छन् । तथापि प्रकृया केही झन्झटीलो छ । कर्जा निकाल्ने भनेपनि केही झन्झट त भइनै हाल्छ । तर यस्तो प्रकृया पुराएर कामका लागि कर्जा लैजाने भन्दा पनि कर्जा पाइन्छ लगिहालुम न भन्नेहरुको संख्या अत्याधिक भएको बैंकर्सको भनाई छ । यस्तो कर्जामा सरकारले ऋणीलाई ५ देखि ६ प्रतिशतसम्म ब्याज अनुदान दिन्छ । शैक्षिक प्रमाणपत्र धितो कर्जा सहुलियत कर्जामध्येको एक हो । यसलदाई युवा स्वरोजगार कर्जा अन्तरगत राखिएको छ ।

के के आबश्यक पर्छ ?

शैक्षिक प्रमाणपत्र युवा स्वरोजगार कर्जा प्राप्त गर्न ४० वर्ष ननाघेको र कम्तीमा स्नातक तह पास गरेको हुनुपर्छ । काम गर्नका लागि आफूले कुन किसिमको उद्योग संचालन गर्ने हो वा घरेलु तथा साना उद्योग कार्यालय र सीप विकास तालिम केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लगायत कुनै पपिन सरकारी निकायबाट कम्तीमा सात दिनको उद्यम, व्यवसाय सीप सिकेको हुनुपर्छ । कर्जा लिनका लागि उद्योग सञ्चालन तथा कर्जा उपयोग सम्बन्धमा बिस्तृत रुपमा तयार पारिएको प्रपोजल पेस गर्नुपर्छ । यसलाई न्यूनतम आधारभूत विषयका रुपमा कार्यविधिमै उल्लेख गरिएको छ । यो शिर्षक अन्तरगत प्रतिव्यक्ति ७ लाख रुपैयाँसम्म कर्जा लिन सकिन्छ । आफूले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र धितो राखेर यो कर्जा पाइन्छ । राष्ट्र बैंकको डाटा हेर्ने हो भने यस्तो कर्जा लिनेको संख्या करिव ५० मात्रै पुगेको छ । संख्यागत ढंगले हेर्ने हो भने यो संख्या अत्याधिक कम हो ।

Ad