Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्रुडेन्सियल इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद विक्री सुरु

२०७६ फाल्गुन १८ गते

बैंकिङ खबर । प्रुडेन्सियल इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद शेयरको विक्री खला भएको छ । कम्पनीले माघ २६ गतेसम्म कायम सेयरधनीहरुलाई ३८ लाख ४९ हजार १ सय २० कित्ता हकप्रद शेयर निष्काशन गरेको छ ।

लगानीकर्ताले चैत्र २३ गतेसम्म हकप्रद भर्न सक्ने छन् । हकप्रद निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

हाल कम्पनीको चुक्ता पुंजी ६४ करोड १५ लाख २० हजार रहेकोमा हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार हुनेछ ।