Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

दुई कमर्सियल बैंकमा रोजगारीको अवसर, झन्डै दुई सय भ्याकेन्सी

२०७६ फाल्गुन ७ गते

बैंकिङ खबर । क वर्गका दुई वटा बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेका छन् । बैंक अफ काठमाण्डूले केही संख्यामा सिनियर एसिस्टेन्ट लेभलका लागि सेमि क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट मागेको छ भने एनआईसी एशिया बैंकले १५० जना ट्रेनि एसिस्टेन्ट मागेको छ । स्नातकमा कम्तीमा ५० प्रतिशत ल्याएका उम्मेदवारले आवेदन दिन पाउनेछन् ।

आवेदन दिने म्याद बैंक अफ काठमाण्डूमा ३ मार्च र एनआईसी एशियामा ४ मार्चसम्म रहेको छ । दुबै बैंकमा अनलाइनबाटै आवेदन दिन सकिनेछ ।