Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एफपीओको मूल्य निर्धारणसम्बन्धि स्पष्ट नीति ल्याउँदै धितोपत्र बोर्ड

२०७३ असार १७ गते

dhitopatraनेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीको एफपीओ मूल्य निर्धारण गर्न नयाँ निर्देशन जारी गर्ने भएको छ । आफूखशी मूल्य तोकेर एफपीओ निष्काशन गरेको पाइएपछि नियामक बोर्डले यस्तो निर्देशन ल्याउने तयारी गरेको हो । एफपीओको मूल्य निर्धाणको नीतिगत व्यवस्थाका लागि अध्ययन गर्न धितोपत्र बोर्डले एक कमिटिसमेत गठन गरेको छ । कमिटिले गरेको अध्ययनका आधारमा सबै कम्पनीमा एकरुपता हुने गरी स्पष्ट नीतिगत व्यवस्था गरिने बोर्डले जनाएको छ ।
 
अहिलेसम्म एफपीओ निष्कासन गर्दा कति मूल्य तोक्न पाउने भन्नेमा स्पष्ट नीतिगत व्यवस्था नभएकाले अन्योल बढेको थियो । कम्पनीहरूले पनि बजारमा कायम भाउका आधारमा एफपीओ मूल्य तोक्न दबाब दिने गरेका छन् ।