बैंकिङ खबर । अछामको साँफेबगरमा बृहत जनचेतना तथा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । ‘एक घर एक चर्पि साँफेबगर नगरको शान, ‘पूर्ण सरसफाई यूक्त नगर हाम्रो अभियान’ असल संस्कार समृद्धिको आधार भन्ने मुल नाराका साथ बि.एफ.आई. क्लब साँफेबगरको आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो ।
साँफेबगर नगरपालिका वडा नम्बर ३ को हाटबजारबाट सा.न.पा.का वडा नं.३ का वडा अध्यक्ष कृष्ण बहादुर बुढाले उद्धाघाटन गरी सुरु गरिएको सरसफाई कार्यक्रम अन्तर्गत बीच बजार, काल भैरब मन्दिर परिसर, पुल बजारमा यूवाहरुले सरसफाई गरेका हुन् । साँफेबगर नगरपालिकाको सहयोग, वडा नम्बर ४ मष्टामाण्डौँ र यूवा संजाल साँफेबगरको समन्वयमा गरिएको सरसफाई कार्यक्रम नगरपालिकाको कार्यालय परिसर, छिपेखोला बजार र एयरपोर्ट बजारमा गरिएको थियो ।
बृहत जनचेतना तथा सरसफाई कार्यक्रममा साँफेबगर स्थित बैंक, फाईनान्स र ईन्स्योेरेन्स कम्पनीमा आवद्ध यूवाहरुले गठन गरेको बी.एफ.आई. क्लबका पदाधिकारी, यूवा सञ्जाल साँफेबगर (थ्ल्क्ब्) का पदाधिकारीहरुको उपस्थिति रहेको थियो । ‘एक घर एक चर्पी साँफेबगर नगरको शान, पूर्ण सरसफाईयूक्त नगर हाम्रो अभियान’लाई सफल पार्न बृहत जनचेतना तथा सरसफाई कार्यक्रमको आयोजना गरेको बी.एफ.आई. क्लबका अध्यक्ष दिपक बहादुर खड्काले बताउनु भयो ।
उहाँले आगामी दिनमा साँफेबगर नगरपालिका, वडा कार्यालय, यूवा सञ्जाल लगाएत अन्य संघ संस्थाहरुसंग समन्वय गरि विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गर्ने बताउनु भयो ।
यस्तै,यस बि.एफ.आई.क्लवका ब.उपाध्यक्ष तथा एन.आर.एन. बित्तीय संस्थाका क्षेत्रिय प्रबन्धक प्रेम बहादुर थापाले यस क्लबले सरसफाईसंगै आगामी दिनमा बैङ्क, वित्तिय संस्था तथा बीमाको सहकार्यमा त्यस क्षेत्रमा रहेका अशिक्षित, गरिब, विपन्न तथा वित्तीय क्षेत्रवाट बञ्चित रहेका व्यक्ति, वर्ग र समुदायलाई विभिन्न वित्तीय ज्ञान तथा वित्तीय साक्षरताका कक्षाहरु मार्फत त्यस क्षेत्रमा वित्तीय ज्ञान अभिवृद्धि गर्ने बताउनुभयो ।
यस्तै सरसफाई कार्यक्रम पछि कुरा गर्दै महालक्ष्मी विकास बैंक लि.साँफेबगरका शाखा प्रबन्धक तथा क्लवका संयोजक गणेश बहादुर साँउदले बैंक, फाईनान्स र ईन्स्योेरेन्स कम्पनीहरुले विभिन्न सामाजिक कार्यमा पनि ठूलो भूमिका खेल्ने भएकाले यस्ता कार्यहरु गर्न आवश्यक रहेको बताउनु भयो ।
यस्तै उक्त कार्यक्रममा आफूहरु यस्ता अभियानमा लागेर रक्तदान, सरसफाइर्, वक्तृत्वकला कार्यक्रमको आयोजना गरि समाजमा रहेका कुरिती, कुुसंस्कारका बिरुद्धमा लागि रहेको यूवा सञ्जाल साँफेबगर (थ्ल्क्ब्) का अध्यक्ष भुपेन्द्र भण्डारीले बताउनु भयो । उहाँले विभिन्न समयमा बजार सरसफाई गर्दै ‘पूर्ण सरसफाई युक्त नगर हाम्रो अभियान’ लाई सफल पार्न लागि पर्ने बताउनु भयो ।
