Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मेरो माइक्रोफाइनान्सको व्यवसायिक क्षमता अभिवृद्धि तालिम सम्पन्न

२०७६ माघ २६ गते

बैंकिङ खबर । मेरो माइक्रोफाइनान्स लघुवित्त वितीय संस्थाले शाखा कार्यलय तेल्घा पाल्पाले आफ्ना ग्राहक सहस्यहरुको व्यवसायिक क्षमता अभिवृद्धि गर्न ३५ जना सदस्यहरुलाई सफलतापुर्व संचालन गरी कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख अतिथिको रुपमा तिनाउ गाउपालिका अध्यक्ष ओम वहादुर घर्ति मगर रहनु भएका उक्त कार्यक्रममा विशेष अथिति तिनाउ गाउपालिका ५ नं. वडा अध्यक्ष दल वहादुर दर्लामी, विशेष अतिथि मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था कर्पोरेट कार्यलयका कानुनी तथा अशुली विभागका अधिकृत इश्वर आचार्य, अतिथि मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था शाखा कार्यलय तेल्घा केन्द्र नं ६९ की केन्द्र प्रमुख तुल्सा के.सिं, अतिथि मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था शाखा कार्यलय तेल्घा केन्द्र नं. २८ की केन्द्र प्रमुख चन्द्रा आले, कार्यक्रम संचालन तिनाउ गाउँपालिका नायव प्राविधिक सहायक कीशार रावलले गर्नृ भएको उक्त कार्यक्रममा सभापतिको आसन मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यलय तेल्घाका शाखा प्रवन्धक सुमन कुमार खड्काले गर्नुभएको थियो ।

तामिममा बेमौसमी तरकारी खेति गर्ने तरीकाको बारेमा तिनाउ गा.पा. कृषि शाखा कृषि प्राविधिक किशोर रावलले गर्नुभएको थियो त्यस्तै गरी लघुवित्तका शाखा प्रबन्धक सुमन कुमार खड्काले वित्तीय साक्षरता सम्बन्धि तालिम दिनुभएको थियो । नुवाकोट जिल्लाको विदुर नगरपालिका वट्टार – ४ स्थित केन्द्रिय कार्यलय भई सम्पर्क कार्यलय ज्वागल –१०, कुपण्डोल, ललितपुर रहेको वित्तीय संस्थाको हाल देशभर ५६ जिल्लामा कार्यक्षेत्र विस्तार गरी ११२ वटा शाखा मार्फत वित्तीय सेवा उपल्वध गराइरहेको छ ।

Ad