Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

छ महिनामा सवा ६ खर्ब व्यापारघाटा

२०७६ माघ १९ गते

मुलुकले चालू आर्थिक वर्षको ६ महिनामा ६ खर्ब ३७ अर्ब व्यापारघाटा बेहोरेको छ । आयात बढ्दै गए पनि सो अनुपातमा निर्यात बढ्न नसक्दा ६ खर्ब ३७ अर्ब ४१ करोड ३९ लाख ७४ हजार रुपैयाँ बराबरको व्यापारघाटा भएको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ६ महिनामा ७ खर्ब ५१ अर्ब ९७ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । आयात ४.०४ प्रतिशत घटेर ६ खर्ब ९४ अर्ब ६९ करोड रुपैयाँमा झरेको छ भने निर्यात २६.१३ प्रतिशत बढेर ५७ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । आयात घट्दा र निर्यात बढ्दा व्यापारघाटामा पनि केही सुधार भएको छ ।

कारोबार दैनिकमा प्रकाशित समाचार ।

Ad