Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

२ अर्बको सेयर कारोबार

२०७६ माघ १७ गते

सेयर बजारमा बिहीबार करिब २ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से दोहोरो अंकले माथि उक्लिँदा १ अर्ब ९६ करोड रुपैयाँको सेयर कारोबार भएको हो ।

कारोबार रकम अघिल्लो दिनको तुलनामा करिब ५२ प्रतिशत बढी हो । अघिल्लो दिनको तुलनामा नेप्से साढे १९ अंक बढेर १ हजार ३ सय ३२ विन्दुमा पुगेको छ ।

बजार खुल्दा १ हजार ३ सय ६ बाट कारोबार सुरु भएको नेप्से पहिलो प्रहरदेखि नै बढेको थियो । बीचमा केही समय वृद्धिदर सुस्ताए पनि त्यसपछि निरन्तर उकालो लागेको थियो । सो दिन कारोबारमा आएकामध्ये ट्रेडिङबाहेक सबै समूहका परिसूचक बढे ।
बिहीबार निर्जीवन बिमा समूहको परिसूचक सबैभन्दा बढी ३.९६ प्रतिशत र जीवन बीमाको २.२८ प्रतिशत बढ्यो । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, वित्त कम्पनी, उत्पादन तथा प्रशोधनलगायत समूहले पनि बिमालाई नै पछ्याएपछि समग्र नेप्से उच्च अंकले बढेको हो । सो दिन ट्रेडिङ समूहको परिसूचक भने १.९१ प्रतिशत घटेको छ ।

परिसूचक बढेसँगै सेयर बजारको आकार (कुल बजार पुँजीकरण) पनि १६ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ । नेप्सेको वर्गीकरणमा ‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १.२८ प्रतिशत र कारोबारमा रहेका सबै कम्पनीको सेयर कारोबार

मापक फ्लोट परिसूचक १.६ प्रतिशत बढ्यो । सो दिन कारोबारमा आएका १ सय ७८ कम्पनीमध्ये १ सय १८ कम्पनीको सेयर मूल्य बढ्यो । बाँकी ४० कम्पनीको घट्यो ।
कान्तिपुर दैनिकमा प्रकाशित समाचार ।
Ad