बैंकिङ खबर । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय फटकशिला र मेलम्ची सिन्धुपाल्चोकले वार्षिक केन्द्र प्रमुख गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ ।
दुई वटा शाखामा भएको छुट्टाछुट्टै कार्यक्रममा संस्थाको तर्फबाट संचालक समितिका अध्यक्ष मदन गोपल श्रेष्ठ, संचालक कुमार राज जोशी, प्रमुख कार्यकारी अधिकृत बसन्त बहादुर शाक्य, अनुगमन तथा सुपरीवेक्षण विभाग प्रमुख हरिशरण गिरी र मानव संशाधन विभाग प्रमुख चक्रबहादुर लामा लगायतको उपस्थिति थियो । शाखा कार्यालय फटकशिलाको कार्यक्रम केन्द्र प्रमुख तारा माझीको सभापतित्वमा र शाखाकार्यालय मेलम्चीको कार्यक्रम केन्द्र प्रमुख निर्मला दाहालको सभापतित्वमा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा शाखाबाट सञ्चालित केन्द्रहरु मध्ये वार्षिक केन्द्र मुल्याङ्कनको आधारमा उत्कृष्ट ६ मा पर्न सफल केन्द्रहरुलाई नगद र प्रशंसा पत्र सहित पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा वित्तीय संस्थाका संचालक समितिका अध्यक्ष मदन गोपाल श्रेष्ठले पुरस्कृत हुने केन्द्रहरुलाई बधाई दिदैं अन्य केन्द्रहरुलाई पनि पुरस्कृत हुने गरी केन्द्र संचालन गर्न सुझाव दिएका थिए । प्रमुख कार्यकारी अधिकृत बसन्त बहादुर शाक्यले संस्थाको स्थापना देखि हाल सम्मको अवस्थाको बारेमा र बचत तथा कर्जाको बारेमा, लघुवित्तमा देखिएको दोहोरोपनाको बारेमा जानकारी गराउदैं लघु बीमा र सोको फाईदा बारे जानकारी गराएका थिए । अनुगमन तथा सुपरीवेक्षण विभाग प्रमुख हरिशरण गिरीले सहभागी सम्पुर्णलाई नेपाल रहेको बैंकको प्रकार र त्यसले काम गर्ने तरिका साथै बचत भनेको के हो, बचत कसरी गर्ने, बचतबाट हुने फाईदा र खर्च कसरी कम गर्ने जस्ता विषयमा श्रव्य दृश्यको माध्यमबाट वित्तीय सांक्षरता सम्बन्धि विषयमा जानकारी गराएका थिए ।
त्यसैगरी मानव संशाधन विभाग प्रमुख चक्र बहादुर लामाले सहभागीहरुबाट उठेको लघुवित्त कार्यक्रम तथा वित्तीय संस्था प्रतिको सल्लाह, सुझाव तथा गुनासोहरुको समाधानको सहजिकरण गरेका थिए ।
शखा प्रमुखद्वय सुवास श्रेष्ठ र पुजा पाख्रिनले आ–आफ्नो शाखाको प्रतिवेदन पेश गरेका थिए । कार्यक्रमको अन्तमा अध्यक्षद्वय तारा माझी र निर्मला दाहालले यस्ता किसिमका कार्यक्रम प्रत्येक वर्ष संचालन गरी सुझाव तथा गुनासो संकलन कार्यलाई निरन्तरता दिन आग्रह गर्दै संस्था र सहभागी सम्पुर्णलाई धन्यवाद ज्ञापन दिनुभयो । उक्त कार्यक्रमको सञ्चालन अनुगमन तथा सुपरवेक्षण विभाग प्रमुख हरिशरण गिरीले गर्नुभएको थियो ।
लघुवित्त
नेपाल सेवा लघुवित्तको वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय सांक्षरता कार्यक्रम सम्पन्न
२०७६ माघ १३ गते
