Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

तोलाको ५८ हजार रुपैयाँमा झर्यो सुनको भाउ, चाँदी भने महँगियो

२०७३ असार १६ गते

goldसुनको भाउ घटेको छ । बुधबार स्थिर रहेको सुनको भाउ विहिबार तोलाको ३ सय रुपैयाँका दरले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार छापावाल सुन तोलाको ५८ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ५७ हजार ७ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

यसअघि बुधबार छापावाल सुन तोलाको ५८ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको थियो भने तेजावी सुन तोलाको ५८ हजार ५० रुपैयाँ किनबेच भइरहेको थियो ।

चाँदी तोलाको १० रुपैयाँका दरले बढेको महासंघले जनाएको छ । बुधबार तोलाको ८ सय २५ मा किनबेच भएको चाँदी बिहीबार तोलाको ८ सय ३५ मा किनबेच भइरहेको छ ।