Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बल्ल आयो लगानीकर्तामा उत्साह , ६ अर्ब ६७ करोडको सेयर कारोबार

२०७६ माघ ३ गते

 यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबारमा उल्लेख्य सुधार देखिएको छ । सातामा १९२ कम्पनीको ६ अर्ब ६७ करोड २० लाख ६१ हजार ३३७ रुपैयाँ बराबरको २ करोड ११ लाख ९७ हजार ४६८ कित्ता सेयर कारोबार भएको हो । गत साता १८८ कम्पनीको ४ अर्ब २२ करोड ५५ लाख ६४ हजार २३९ रुपैयाँ बराबरको १ करोड ४६ लाख ८२ हजार ३९७ कित्ता सेयर कारोबार भएका थिए ।

मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार बोर्डको अध्यक्षका रूपमा भीष्मराज ढुंगानाले एक साता अघि (पुस २५) मात्रै बोर्डमा पदबहाली गरेका हुन् । ढुंगानाको आगमनसँगै नेप्से सूचक र कारोबार दुवैमा सुधार आएको छ । नयाँ नेतृत्वले बजारका समस्या समाधानतर्फ जोड दिने विश्वासले यस साताको बजारमा विगतको तुलनामा निकै उत्साह देखिएको लगानीकर्ता बताउँछन् । अर्कोतर्फ बजारले वियरिस प्रवृत्ति पूरा गरेको बढ्न सुरु गरेको लगानीकर्ताको ठम्याइ छ । बैंकमा तरलता सहजताका कारण बैंक ब्याजदर घट्ने क्रममा रहेका हुँदासमेत बजार सकारात्मक रहेको लगानीकर्ता बताउँछन् ।

उता बोर्डका अध्यक्ष ढुंगानाले कर्मचारीलाई व्यवसायिकता अभिवृद्धि गरी धितोपत्र तथा वस्तु विनिमय बजारको विकास विस्तारमा लाग्ने बजाएका छन् । पुँजी बजारको स्थायित्व तथा दायरा अभिवृद्धि, ऋणपत्र तथा डेरिभेटी बजारको विकास, प्रविधिमैत्री पुँजी बजारको आवश्यकता, संस्थागत सुशासनको परिपालना, नियमन निकायको क्षमता विकास तथा ऐननियम कानुनमा समसामयिक सुधार गर्ने विषयमा जोड अध्यक्ष ढुंगानाले बताए । जसको प्रत्यक्ष प्रभाव नेप्सेमा देखिएको हो ।

साताको पहिलो दिन आइतबार १ हजार २१३ दशमलव १२ को बिन्दुबाट सुरु भएको बजार दिनभर उकालो लाग्दै अन्तिम समयमा ४० दशमलव ६ अंकले बढेर १ हजार २५५ दशमलव ७२ को बिन्दुमा आएर कारोबार बन्द भएको थियो । साताको दोस्रो १७ दशमलव १५ अंकले बढेर १ हजार २७० दशमलव ८७ अंकमा पुगेको हो । साताको तेस्रो दिन मंगलबार भने बजारमा सामान्य करेक्सन देखिएको छ । यस दिन ७ दशमलव ४९ अंकले घटेको देखिन्छ । साताको चौथो दिन फेरि बजारमा उत्साह देखिएको हो । यस दिन २० दशमलव ८५ अंकले बढेका बजार साताको अन्तिम दिन पिन २६ अंकले बढेर १ हजार ३१० दशमलव २३ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । नेप्से परिसूचक पहिलो दिनको तुलनामा साताको अन्तिम दिन ५४ दशमलव ५१ अंकले बढेर १ हजार ३१० दशमलव २३ अंकको बिन्दुमा आइपुगेको हो ।

साताभरि सेयर बजार सकारात्मक रहँदा कारोबारमा आएका १२ वटै उपपरिसूचक बढेका छन् । सातामा सबैभन्दा बढी प्रभाव जीवन बिमा समूहमा परेको छ । जीवन बिमा ३२४ दशमलव शून्य ५ अंकले बढेको छ ।

त्यस्तै, व्यापार १५७ दशमलव १३ अंकले, निर्जीवन बिमा समूह १३९ दशमलव ५५ अंकले, विकास बैंक ९० दशमलव ४८ अंकले, होटेल समूह ८९ दशमलव ०१ अंकले, लद्युवित्त समूह ८० दशमलव ७६ अंकले, उत्पादन तथा प्रशोधन ७२ दशमलव ५२ अंकले, वित्त समूह ६५ दशमलव ९९ अंकले, बैंकिङ ५१ अंकले, जलविद्युत् समूह ४९ दशमलव ५२ अंकले, अन्य ९ दशमलव ६६ अंकले र म्युचुअल फन्ड शून्य दशमलव ३४ अंकले बढेर बन्द भएका छन् ।

सर्वाधिक कारोबार गर्ने कम्पनी

कम्पनी कारोबार रकम     सेयर कित्ता

एनआईसी एसिया बैंक       २८,७६,२८,९२१    ५,८२,०९०

शिभंम सिमेन्ट    २२,५३,५८,०६६    ४४,७५,९२३

नेपाल लाईफ इन्स्योरेन्स् २२,२६,२१,९२२    २,२०,६१६

हिमालयन डिस्टीलरी        २१,०९,४३,३३०    १,६८,९८२

सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट             १६,९७,५५,६०४    ७७,५८७

 

यस साता एक कम्पनीको हकप्रद सेयर मात्रै नेप्सेमा सूचीकृत भएको छ । हकप्रद सेयर सूचीकृत गर्नेमा सिर्जना पलाइनान्सको २७ लाख ६४ हजार ६९२ कित्ता रहेको छ । यस साता नेप्सेको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिनसम्म खुला भएको हो ।

राजधानी दैनिकमा प्रकाशित समाचार ।

 
 
 
Ad