Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगाना नियुक्त : यी हुन् मन्‍त्रिपरिषद्‍ बैठकका निर्णय

२०७६ पुष २४ गते

सरकारले धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगानालाई नियुक्त गरेको छ। पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बिहीबार यो जानकारी गराएका हुन् ।

त्यसैगरी सरकारले द्विपक्षीय विवाद समाधान गर्न अर्थ मन्त्रालयका सचिव (राजस्व)को संयोजकत्वमा आठ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ। 

सँगै मन्त्रिपरिषद् बैठकले पुस २८ र २८ गते भारतको राजधानी दिल्लीमा हुने नेपाल र भारतको पेट्रोलियम पदार्थ र ग्यासको विषयमा हुने संयुक्त बैठकमा उद्योग वार्णिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव ध्रुब घिमिरेको नेतृत्वको प्रतिनिधि मण्डललाई पठाउने निर्णय गरेको छ। 

सँगै पानी जहाज दर्ता, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक र शिक्षा सम्बन्धी विधेयकलाई सैद्धान्तिक सहमतिका लागि स्वीकृत गरेको छ। 

त्यसैगरी नेपाल नर्सिङ परिषद्को सदस्यमा सानु तुलाधर (काठमाडौं) र दुर्गालक्ष्मी श्रेष्ठ (गोरखा)लाई मनोनयन गर्ने निर्णय गरेको छ।

अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित समाचार ।  

Ad