Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

वीरगञ्ज उपमहानगरपालिकाको विकास बजेट बैंकको खातामा

२०७३ असार १४ गते

nepal-moneyवीरगन्ज उपमहानगरपालिकाले सरकारी निकायले चल्तीको खाताबाहेक अन्य खाता खोल्न नपाइने व्यवस्थाविपरीत नबिल बैंकमा विकास बजेट बचत गरेको खुलासा भएपछि सो खाता बन्द गराइएको छ । वीरगञ्जले बैंैकमा बचत गरेको विकास बजेटको १३ लाख रुपैयाँ ब्याज कहाँ राख्ने भन्दै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसँग निर्देशनात्मक राय मागेपछि मन्त्रालयले पत्रचार गरी त्यो खाता बन्द गर्न निर्देशन दिएको हो । 

सरकारी कारोबार सञ्चालन निर्देशिका–२०७१ अनुसार विकास आयोजनाहरूलाई प्राप्त रकमको सरकारी खाता तथा स्थानीय निकायको खाताबाहेक अन्य खाता खोल्न नपाउने व्यवस्था छ । निर्देशिका विपरीत बैंकमा खाता खोलेको पाइएपनि सो विषयमा चर्चामा तानिएको छ । आयोजनाको बजेट कसले र कहिले बचत खाता खोलेर बैंकमा राख्यो, यसको पनि जवाफ दिन मन्त्रालयले निर्देशन दिएको छ । साथै, मन्त्रालयले उक्त ब्याजबापतको रकम नगरपालिकाको आन्तरिक आय मानेर आम्दानीमा बाँध्न पनि निर्देशन दिएको छ ।