सुनको भाउ घटेको छ । सोमबार तोलाको २ सय रुपैयाँका दरले बढेको सुनको भाउ मंगलबार तोलाको ४ सय रुपैयाँका दरले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको ५८ हजार ३ सय रुपैयाँका दरले कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ५८ हजार ५० रुपैयाँका दरले कारोबार भइरहेको छ । यसअघि, सोमबार छापावाल सुनको भाउ तोलाको ५८ हजार ७ सय रुपैयाँ थियो भने तेजावी सुनको भाउ तोलाको ५८ हजार ४ सय ५० रुपैयाँ थियो ।
सुनको भाउ घटबढ भइरहेपनि चाँदीको भाउ भने सोमबारदेखि नै स्थिर रहेको महासंघले जनाएको छ । सोमबार तोलाको ८ सय १५ रुपैयाँमा किनबेच भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।


